बजारमा सुनको कारोबार ठप्प

काठमाडौं । बजारमा सुनको कारोबार ठप्प अवस्थामा छ । सधैँ भिडभाड हुने नयाँ सडकका सुनचाँदी पसल साउन लागेसँगै सुनसान हुुन थालेका छन् ।

मलमास लागेसँगै बजारमा सुनचाँदीको कारोबार ठप्प अवस्थामा रहेको सुन व्यापारी बताउँछन् । नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुुसार हाल दैनिक पाँच किलो मात्र सुन वितरण हुने गरेको छ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मलमासका कारण र तीज असोज महिनामा परेकाले पनि सुनको कारोबार नभएको बताए । साउन महिना अफ सिजन भएकाले पनि कारोबार न्यूून हुने गर्छ, यो वर्ष चाडपर्व ढिला भएकाले पनि कारोबार ठप्प अवस्थामा रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *