पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु

काठमाडौं । बैतडी पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन रहेको जिलला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उक्त घटनामा मृतक अञ्जुका सासुआमा,देवर र सोही घरमा पाहुना बस्न आएकी छिमेकी पनि घाइते भएका छन् । घरमा पूर्ण क्षति पुगेको र करिब एक दर्जन चौपाया समेत मरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us