आज शेयरबजारमा उच्च गिरावट

काठमाडौं । मौद्रिक नीति जारी हुँदाको उत्साह दोस्रो दिन थप उच्च दरले घट्यो । आइतबार नीति सार्वजनिकसँगै उछाल आएको नेप्से लगातार दोस्रो दिन उच्च दरले ओरालो लागेको हो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ३६ अंकले ओरालो लागेर २१ सय ६४ मा आएर थामियो । साेमबार नेप्से घटेपनि कारोबार बढेर ५ अर्ब नजिक पुगेकोमा मंगलबार कारोबार समेत ३ अर्ब तलै खुम्चियो । होटल तथा पर्यटन समूहबाहेक बाँकी सबै समूह ओरालो लागे ।

पछिल्ला दिन सुधारिएको बैंक वित्तीय संस्थातर्फ नै यसदिन सबैभन्दा उच्च गिरावट आयो । वाणिज्य बैंक समूह करिब ३ प्रतिशतले घट्दा विकास बैंक समूह २ प्रतिशत बढीले र वित्त समूह पनि करिब २ प्रतिशतले ओरालो लागे ।

अन्य समुह पनि २ प्रतिशत नजिकले घट्दा बाँकी पनि अधिकांश समूह १ प्रतिशत हाराहारीमा ओरालो लागे । होटल समूहमा भने १ प्रतिशतमाथिको बृद्धि आयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६७ कम्पनीको ७७ लाख कित्ता शेयर २ अर्ब ९१ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । घटेको बजारमा पनि किसान लघुवित्तका लगानीकर्ताले भने १० प्रतिशत कमाए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us