त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारीमा टोकराज पाण्डे

काठमाडौं । अर्थमन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा हुनुभएको थियो ।

प्रमुखको जिम्मेवारीमा भएपनि पोखरेल २ महिना बिदामा बस्नु भएको थियो । १० पुस, २०७९ मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पोखरेल बिदामा बस्नु भएको थियो ।

पोखरेल विदामा रहेको बेला २ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us