प्रतिनिधिसभा सदस्य दाहालद्वारा सिन्धुलीमा अस्पतालको शिलान्यास

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा- १५ शैयाको अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ । मरिण गाउँपालीका -७ महेश्वतामा सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल ‘राजन’ ले मंगलबार एक कार्यक्रमका बीच अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को मंसिर सम्ममा सक्ने गरी अस्पताल भवनको शिलान्यास गरिएको हो । भवन निर्माणको जिम्मा स्काई विल्डर्स प्राली नयाँबानेश्वर काठमाडौंले लिएको हो । उक्त भवन निर्माणका लागि निर्माण कम्पनीले २०७९ पुस २५ गते सम्झौता गरेको थियो ।

संघीय सरकारको १६ करोड ७१ लाख ५८ हजार २ सय ५७ रुपैयाँको लागतमा अस्पताल भवन निर्माण हुन थालेको हो । अस्पताल भवन स्टमेट अनुसार समयमा निर्माण सक्न सांसाद दाहालले आग्रह गरेका छन् ।
हस्पताल भवन तीन तलाको हुनेछ ।

४ हजार ७ सय ४० दशमलव ८४ वर्ग मिटर क्षेत्रफलमा अस्पताल निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान ९प्रख्यात०ले जानकारी दिए । ‘मुख्य भवन मात्र ३ हजार ६१ दशमलव ८८ वर्ग मिटरमा निर्माण गरिने छ । अन्य क्षेत्रमा पार्कीङ, सुरक्षा गार्ड भवन, मुलगेट, आवास, स्टोर्सलगायतका भवनहरु तयार पारिने छ,’उनले भने ।

लामो समयको प्रतिक्षापछि १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएपछि मरिणबासी खुसी भएका छन् । सरकारले देशभरका सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल निर्माण गर्ने योजना अनुसार गाउँपालिकाले पनि भवन निर्माणको काम सुरुवात गरेको मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमबहादुर दर्जीले जानकारी दिए ।

उनका अनुसार अस्पताल निर्माण गरि संचालनमा आएपछि मरिण, हरिहरपुरगढी तथा घ्याङ्लेख गाउँपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।अस्पतल भवन शिलान्यास कार्यक्रममा गोलन्जोर गाँउपालीकाका अध्यक्ष शंकर वराल, मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान, गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, मरिण गाउँपालिका उपाध्यक्ष विमला माझी,प्रमुख प्रशासकीय अधिकृत ओम दर्जीलगायत गाउँकार्यपालिका सदस्या तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us