श्रीलंकाको ब्लुमफिल्ड क्लबसँगको अभ्यास खेल जारी

काठमाडौं । एशिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्ड क्रिकेटसँग पहिलो अभ्यास खेल खेलिरहेको छ ।

श्रीलंकाको राष्ट्रिय खेलाडीहरु समेत रहेको उक्त क्लब र नेपालबीच बिहान १० बजेदेखि खेल भईरहेको छ । सो क्लवसँग नेपालले चार वटा अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ । नेपालले एसिया कपमा भारत, पाकिस्तान र श्रीलंकासँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *