नेदरल्यान्ड र अमेरिका बराबरीमा

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी महिला विश्वकप फुटबल २०२३ को लिग चरणको सर्वाधिक बहुप्रतिक्षित खेलमा डिफेन्डिङ च्याम्पियन अमेरिका र नेदरल्यान्ड्सले १–१ को बराबरी खेलेका छन् ।

सन् २०१९ को विश्वकप फाइनलको पुनरावृत्तिका रूपमा यो खेल भएको थियो । उक्त खेलमा अमेरिका २–० ले विजयी भएको थियो । यसपल्टको प्रतियोगितामा भने दुवै एकै समूह ‘ई’ मा परेका थिए । यही खेलमा उप विजेता नेदरल्यान्ड्सले जिल रुर्डको गोलले १७ औं मिनेटमा अग्रता लिएको थियो ।

दोस्रो हाफको ६२ औं मिनेटमा अमेरिकी कप्तान लिन्ड्स होरानले पोस्टको नजिकको दूरीबाट गोल गरिन् र खेल बराबरीमा टुंगियो । यो नतिजापछि दुवै टिमको समान दुई खेलबाट चार चार अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us