काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को पक्षमा सबै राजनीतिक दलहरु एक हुन आवश्यक रहेको बताउनुभयो ।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक रहेको बताउनुभयो। उहाँले सामन्तवादका अवशेषहरुको अन्त्यका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले विधेयकको रुप फेरिएपनि सार नफेरिएको प्रति माफी माग्दै आगामी दिनमा सरकारले त्यस्ता कमी कमजोरी नगर्ने बताउनुभयो।