लिस्वन । गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका सचिव रवि अर्यालले जुलाई ३० मा हुने संघको ९ औँ अधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन् । अर्यालले वर्तमान कार्यसमितिमा सचिव पदमा रहेर काम गरिरहँदा पनि आफूले कर्तव्य कहिल्यै नभुलेको एनआरएनएका हरेक गतिविधिमा सक्रिय भएर लागेकालेआइसीसीमा गएर काम गर्न पनि आफूलाई नैतिक बल मिलेको बताएका छन्।
उनले संघ नेपाल बाहिर रहेका नेपालीको हक अधिकारको सुरक्षा लागि र एनसीसी र केन्द्र बीच कोसेढुंगा सावित भएको बताएका छन् । उनले संघलाई सकेसम्म विवादरहित बनाउन आफूले भूमिका खेल्ने बताएका छन्। अर्यालले अबको एनआरएनएलाई प्रविधिमैत्री बनाउने पर्नेमा जोड दिँदै आफू विजयी भए यो कुरा लागू गर्न पहल गर्ने बताए ।
‘अबको जमना प्रविधिको जमना हो संसार क्रृत्रिम बौद्धिकता (आर्टिफिसेल इन्टिलेजेन्ट एआई) को हो’, उनले भनेका छन्, ‘परम्परागत ढर्राबाट चलिरहेको एनआरएनको छिटो छरितो र सहज ढंगले काम गर्ने वातावरण बनाउन म भूमिका खेल्नेछु ।’ निर्वाचनमा प्रतिस्पर्धा गरिसकेपछि हारजीत जे भए पनि त्यसलाई सहर्ष स्वीकार गर्ने उनले बताएका छन् । जीत हात पारे प्रतिबद्धताअनुसार काम गर्ने र पराजित भए विजेतालाई सहयोग गरी अघि बढ्ने उनको भनाइ छ । १० वर्ष देखि पोर्चुगलमा व्यवसाय गर्दै आएका रवि चितवन समाज पोर्चुगलका अध्यक्ष समेत हुन् ।