बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा फेरि घटेको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयलका सूचना अधिकारी खगेन्द्र पौडेलले गाडी भाडा फेरि घटाइएको जानकारी गराउनुभएको छ । तेलको मूल्य घटेपछि सरकारले सार्वजनिक सवारीको भाडा पनि त्यही अनुसार समायोजन गरेको हो । 

सूचना अधिकारी पौडेलका अनुसार लामो दूरीको सार्वजनिक यातायातको भाडा २. ३० प्रतिशत घटेको छ । सिटी बसमा २. २६ प्रतिशत र मालवहाक सवारीमा ३. १८ प्रतिशत कम भएको छ ।  घटेको गाडी भाडा केहीबेरमा राजपत्रमा सूचना प्रकाशित .गरिने छ । राजपत्रमा प्रकाशित भएपछि घटेको भाडा लागू हुने पौडेलले बताउनुभयो । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वाचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थको भाउ घटेको थियो । पेट्रोलिय पदार्थको मूल्य घटेसँगै बागमती प्रदेशमा भाडा पनि कम गरिएको हो । यातायात मन्त्रालायले  गाडी भाडा यसअघि घटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us