सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षका नारायण वलीको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का एक सामान्य घाइते छन्। दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप घुम्तीबाट १५ मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका नारायणको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।  उक्त जिपका चालक २१ वर्षका थलराज वली हुन्। दुर्घटनामा उनी पनि घाइते छन्। मृत्यु भएका नारायण उनका भाइ हुन्। दुर्घटनाको कारण खुलेको छैन। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us