मधेस प्रदेशका बिना विभागीयमन्त्री र राज्यमन्त्रीद्वारा राजीनामा

जनकपुर । मधेस प्रदेशमा जनमत पार्टीका बिना विभागीयमन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिनुभएको छ ।

वहाँहरु दुवैले पार्टीको निर्देशनपश्चात् आज राजिनामा दिनुभएको हो । जनमत पार्टीका संसदीय दलका नेता महेश यादवका अनुसार दुबैजनाको स्थानमा चन्दन सिंह र मन्जु खाणलाई पठाइने छ ।

मुख्यमन्त्री सरोजकुमार यादवसँगै बिना विभागीयमन्त्रीको रूपमा शपथ लिएका कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको थियो तर गठबन्धन दल फेरिएपछि पुनः मन्त्रिमण्डल विस्तार हुँदा उहाँलाई विना विभागीय गरिएको थियो । आज मन्त्रीपरिषद् बिस्तार हुन लाग्दा मन्त्री कुशवाहा र राज्यमन्त्री यादवले पदबाट राजीनामा दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *