नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से सामान्य अंकले बढेको छ ।  बुधबार परिसूचक नौ दशमलव २५ अंकले बढेर दुई हजार ८६ दशमलव ८४ अंकमा कायम भएको हो । नेप्सेका अनुसार   दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात सय ८६ कित्ता शेयर ३५ हजार आठ सय ३५ पटक खरिदबिक्री हुँदा एक अर्ब ८१ करोड २४ लाख ७३ हजार आठ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जलविद्युत् समूह पाँच दशमलव ६८, लघुवित्त ११ दशमलव ०७ र व्यापार समूह एक दशमलव ७८ अंकले घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ । सबै भन्दा धेरै होटल तथा पर्यटन समूह ७८ दशमलव ०८ र निर्जीवन बीमा समूह ६५ दशमलव ४४ अंकले बढेको छ । 

बुधबार बैंकिङ समूह १० दशमलव ५१, विकास बैंक ३९ दशमलव ३३, वित्त ३० दशमलव ६२ र लगानी समूह शून्य दशमलव ०१ अंकले बढेको छ । जीवन बीमा ४२ दशमलव ८१, उत्पादन तथा प्रशोधन १७ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र अन्य समूह चार दशमलव ६६ अंकले बढेको छ । आरबीबी म्युचुअल फन्ड–१ को शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव १४ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *