माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि बस्दै

काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि शुरू भएको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि बस्दैछ। बैठकमा हिजो अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको सङ्क्षिप्त प्रतिवेदनमाथि १८ नेताले आ(आफ्नो धारणा प्रस्तुत गरेका थिए। बैठक आज बिहान ११ बजेदेखि शुरू हुने बताइएको छ ।

ती नेताले पार्टीको पुनस्निर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन्। अध्यक्षले राखेको प्रस्तावमाथि धारणा राख्न चाहेका नेतालाई नाम टिपाएका आधारमा पालैपालो बोल्न दिइएको थियो।

केन्द्रीय समितिमा समावेशी चरित्र देखाउन तथा केही वरिष्ठ नेतालाई सहभागी गराउन विधान संशोधन गर्नुपरेको माओवादीले जनाएको छ। प्रस्तावमा मौजुदा केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाउने उल्लेख छ। अहिले माओवादीको केन्द्रीय समिति तीन सय ८७ सदस्यीय छ।

माओवादीको केन्द्रीय समिति बैठक निकै लामो अन्तरालमा बसेको छ । यसअघि २०७९ असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *