तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बुधबारको तुलनामा तोलामा २ सय रुपैयाँले ओरालो लागेको छ ।

हिजो १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । बुधबार १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १४ सय २५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *