प्रधानमन्त्री पुष्पकमल दाहाल  र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल  र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । 

प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षी मोदीले शनिबार टेलिफोन गर्नुभएको हो । उहाँहरुबीच दुई मुलुकको हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयले सूचनामार्फत जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री कार्यालयका अनुसार टेलिफोनमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भएका द्वीपक्षीय समझदारीको विभिन्न पक्षका बीचमा छलफल हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *