काठमाडौं । कक्षा १२ को यस वर्षको परीक्षा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ ।
नतिजा प्रकाशनका लागि विद्यार्थीको उत्तरपुस्तिका परीक्षण र संपरीक्षणको काम सकेर अहिले रुजु र कम्प्युटरमा इन्ट्रि गर्ने काम भइरहेको बोर्डको कार्यालयले जनाएको छ ।
साउनको अन्तिमसम्ममा नतिजा प्रकाशन गर्ने तयारी रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ । बोर्डले गएको वैशाख जेठमा लिएको परीक्षामा देशभरबाट ४ लाख ६७ हजार ३ सय विद्यार्थी सहभागी थिए ।
अघिल्लो वर्षको १२ कक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन ग्रेडेड अर्थात् अनुतीर्ण भएका थिए । यस पटकको नतिजामा केही सुधार हुनसक्ने बोर्डले जनाएको छ ।