काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ । तेहरिक-ए-इन्साफका अध्यक्ष समेत रहनुभएका खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा ३ वर्षको जेल सजाय सुनाएको छ ।
अदालतको फैसला लगत्तै खानलाई प्रहरीले लाहोरस्थित उहाँको निवासबाट पक्राउ गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्दै ३ वर्ष जेल र एक लाख रुपैयाँ जरिवाना तोकेको हो । इमरानको पार्टी तेहरिक(एइन्साफ) ले फैसलालाई लाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।
‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पूर्वाग्रही न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ,’ पार्टीका प्रवक्ताले वक्तव्यमा भन्नुभएको छ ।
पाकिस्तान निर्वाचन आयोगका एक अधिकारी अमजद परवेजले अदालतको यो सजायपछि इमरान खान पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।