निर्माण व्यवसायीलाई तत्काल भुक्तानी नहुने अर्थमन्त्रीको प्रष्टोक्ति

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीलाई तत्काल भुक्तानी नहुने बताउनु भएको छ ।  अर्थमन्त्री महतले शनिबार नेपाल अडिटर्स एशोसिएशन (अडान)ले आयोजना गरेको कार्यक्रममा बजेट अभावका कारण निर्माण व्यवसायीले गरेका कामको भुक्तानी गर्न कठिन रहेको बताउनु भयो । 

निर्माण व्यवसायीले  आफूहरुले गरिसकेको कामको समेत भुक्तानी नपाएको भन्दै सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।

तर अर्थमन्त्री महतले विगतमा स्रोत सुनिश्चित नभईकन ठेक्का लगाइएका कारण अहिले समस्या आएको उल्लेख गर्नुभयो ।  ठेक्का लाग्यो काम थाल्यो, स्रोत छैन । त्यसले पनि अहिले निर्माण व्यवसायीदेखि लिएर त्यहाँ समस्या हुँदै गयो’ उहाँले भन्नुभयो  त्यसलाई समाधान गर्ने ब्याकअप, रिसोर्सेज छैन । त्यसकारण अहिले जति पनि त्यो किसिमबाट विचार नगरी गरिएको निर्णयले ल्याएका समस्या जम्मा भएको छ । त्यसलाई फेरि सफा गर्न समय लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *