नेप्से ३८.३७ अङ्कले घट्यो

काठमाडौं। साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८.३७ अङ्कले घटेर २०५१.४७ बिन्दुमा झरेको छ।

विभिन्न २६५ कम्पनीका ८० लाख सात हजार ३६१ कित्ता शेयर दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ मूल्यमा कारोबार भएका छन्।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २३७.९६ र निर्जीवन बीमा समूहको उपसूचक २२२.६० अङ्कले घटेका छन्। ब्यांकिङ समूह २२.३४, विकास ब्यांक ९७.५१, वित्त ६२.२७, होटल तथा पर्यटन २०१.३८ र जलविद्युत् समूह ४४.४९ अङ्कले घटेका छन्। त्यस्तै, लगानी समूह ०.८७, उत्पादन तथा प्रशोधन ८४.०१, लघुवित्त ६१.८२, म्युचुअल फन्ड ०.१५ व्यापार ६८.२७ र अन्य समूह १७.०७ अङ्कले घटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *