राहुल गान्धीको सांसद पद कायम

एजेन्सी । भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा बहाल गरेको छ । गत शुक्रबार भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरत अदालतको फैसला बदर गरेपछि सांसद बहाल रहन बाटो खुलेको थियो । सुरत अदालतको आदेशले गान्धीलाई सांसदबाट हटाएको भारतको लोक सभाले सोमबार बिहान सांसद पद कायम रहेको सूचना निकालेको हो ।

राहुल केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य छन् । राहुलले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर विजेपीका सांसदले सुरतको अदालतमा मुद्दा दर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us