मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । एएफसी कप छनोट फुटबलको प्ले अफ खेलमा आज मंगलबार नेपालको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

मछिन्द्र र ब्लु स्टारबीचको खेल साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा हुनेछ । मछिन्द्र क्लबले पहिलो पटक एएफसी कपको छनोट खेल्न लागेको हो । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ तारिखमा हुनेछ ।

अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो । यसपटक आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजना मछिन्द्रको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us