सर्लाहीमा दिउँसोको कर्फ्यु हटाइयो

काठमाडौं। सर्लाहीको मलङ्वामा विगत पाँच दिनदेखि जारी अनिश्चितकालीन निषेधाज्ञा दिउँसोलाई हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बसेको सर्वदलीय बैठकले राति मात्र निषेधाज्ञा कायम राख्ने र दिउँसो लगाइएको निषेधाज्ञा हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

कृष्ण जन्माष्टमी र गणेश चतुर्दशीमा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच विवाद हुँदा ठाउँ ठाउँमा झडप भएको थियो । सो झडपका कारण स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *