५.८९ अङ्कले घट्यो नेप्से

काठमाडौं। आइतबार १९.४२ अङ्कले ओरालो लागेको सेयरबजार परिसुचक नेप्से सोमबार पनि ५.८९ अङ्कले घटेको छ । हिजो कुल २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २ सय ७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि घटेर १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४ सय ७१ रुपैयाँमा सीमित हुन पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ माइखोला हाइड्रो, एसियन हाइड्रो, मन्दाकिनी हाइड्रो, इस्टर्न हाइड्रो, हिमालयन लघुवित्त र हिमालयन उर्जा कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउनेतर्फ थ्रीस्टार हाइड्रो, अप्पर लोहोरे खोला र शिभम् पावर कम्पनी रहे । उक्त कम्पनीहरुको सेयरको मूल्यमा १० प्रतिशतको नेगेटिभ सर्किट लाग्यो ।

बिहीबार लगानी उपसूचक सर्वाधिक ०।९५ प्रतिशतले घट्दा लाइफ इन्स्योरेन्स सबइन्डेक्स ०।७३ र होटेल सबइन्डेक्स ०।६३ प्रतिशतले ओरालो लागे । आज हाइड्रोपावर सबइन्डेक्स भने ०।९२ प्रतिशतले वृद्धि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *