आज एमाले बागमती प्रदेशको मतदान हुँदै

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको मतदान आज हुने भएको छ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै बिहीबार साँझ ६ बजेबाट हुने भनिएको मतदान शुक्रबारका लागि सारिएको थियो।

प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेकोमा तीन जनाले फिर्ता लिएपछि दाहाल र ढुंगेलको मात्रै उम्मेदवारी कायम भएको जनाइएको छ ।

भृकुटीमण्डपमा जारी अधिवेशनको ‍मतदान भने पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। मतदान सकिएलगत्तै मगतणना सुरू हुनेछ। मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने कारण आजै मतपरिणाम सार्वजनिक हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us