काठमाडौं । सुदूरपश्चिम प्रदेशका राजनीतिक दलका नेताहरूले बैशाष ३० मा हुने स्थानीय चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
तर शिक्षक, विद्यार्थी, पत्रकारले भने चुनावमा बालबालिका, विद्यालय भवन, सवारी साधन प्रयोग नगर्ने दलहरुको प्रतिवद्दता व्यवहारमा लागू हुनेमा आशङ्का व्यक्त गरेका छन्। शिक्षा अधिकार अनुगमन समूह, सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको निर्वाचन आचारसंहिता र राजनीतिक दलका घोषणापत्रमा बालबालिका सवालमा सोमबार प्रदेश स्तरीय छलफल तथा सुझाव हस्तान्तरण कार्यक्रम दलका नेताहरूलाई सुझाव पत्र बुझाइएको थियो।