विलासिताका वस्तु आयातका लागि एलसी नखोल्न निर्देशन

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई बोलाएर बैंकले गाडी लगायत अन्य विलासिताका वस्तु आयातका लागि एलसी नखोल्न निर्देशन दिएको छ । अत्यावश्यक बाहेकका सम्पूर्ण आयातित वस्तुको एलसी बन्द गर्न बैकहरुलाई निर्देशन गरेको हो ।

पछिल्लो समय तीब्र आयातका कारण सोधानान्तर स्थिति लगातार घाटामा गएको, व्यापारघाटा उच्च भएको र वैदेशिक मुद्राको सञ्चितिमा उच्च दवाव परेको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई कडा निर्देशन दिएको हो । केन्द्रीय बैंकको निर्देशनपछि गाडी लगायत विलासिताका वस्तुको मूल्य बढ्ने आशंका गरिएको छ । उसो त केही दिनअघि वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा अर्थ समितिले बोलाएको बैठकमा बैंकहरुले एलसी रोक्ने नीति लिन सरकारलाई आग्रह गर्दै सो निर्देशन कार्यान्वयन गर्न आफुहरु तयार रहेको बताएका थिए ।

तीव्र आयातलाई नियन्त्रण गर्नकै लागि यसअघि राष्ट्र बैंकले ४७ वटा वस्तुको आयातमा ५० प्रतिशतदेखि शत प्रतिशतसम्म एलसी मार्जिनको व्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us