काठमाडौं। मंगलबार बिहान पिकअपको ठक्करबाट धनुषामा एकजना पुरुषको मृत्यु भएको छ।
धनुषाको मिथिला नगरपालिका – ११ बाहुनमारास्थित पृथ्वी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ प नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका– ५ का ५६ वर्षीय शेरबहादुर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका राईको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको र ठक्कर दिने पिकअप र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।