गर्मि मौसममा छालाको ख्याल कसरि गर्ने?

काठमाडौँ । गर्मी मौसममा घामको प्रकाशले हाम्रो छालालाई धेरै हानि पुर्यायन सक्छ। त्यसैले गर्मी मौसममा आफ्नो छालाको सुरक्षाका लागि तल दिइएका केही उपायहरु तपाईको लागि फाइदाजनक हुन सक्छन्ः

१)भिटामिन सीको प्रयोग
स्वास्थ्यका लागि भिटामिन सी निकै महत्वपूर्ण मानिन्छ । तर, यसले शारीरिक स्वास्थ्य मात्र नभई छाला चम्किलो बनाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले स्वस्थ छालाका लागि गर्मी मौसममा पर्याप्त मात्रामा भिटामिन सीयुक्त खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । सुन्तला, कागती, अमला, अंगुर, टमाटरलगायतबाट यस्तो तत्व पाउन सकिन्छ ।

२)डेड स्किन
गर्मीमा डेड स्किन सेल्सले तपाईंलाई कुरूप बनाउन सक्छ । त्यसैले छालालाई यसबाट हुने हानिबाट जोगाउनुपर्ने हुन्छ, जसका लागि प्राकृतिक विधिको सहारा लिन सकिन्छ । कफी, दही, बेकिङ सोडा, चिनी आदिको प्रयोग गर्दा यस्तो समस्याबाट मुक्त हुन सहयोग पुग्छ । यस्ता खाद्यपदार्थले डेड स्किनको सम्भावित खतरालाई घटाउने काम गर्छ ।

३)सन्सक्रिम
गर्मीमा चर्को घामको किरणले शरीरमा सीधा असर पार्छ । त्यसैले घरबाट बाहिर निस्कने समय सन्सक्रिम प्रयोग गर्न जरुरी हुन्छ ।

४)ओठ र आँखाको सुरक्षा
प्राय मानिसले आफ्नो ओठ र आँखामा निकै कम ध्यान दिने गर्छन् । तर, गर्मी मौसममा ओठ र आँखामा पनि विभिन्न असर पर्ने गर्छ । त्यसैले घरबाट बाहिर निस्कँदा घामबाट बच्न आँखामा सनग्लास र ओठमा सनप्रोटेक्टिभ वामको प्रयोग गर्नुपर्छ ।

५)कस्मेटिक सामग्री
गर्मी मौसममा सकेसम्म बाहिरी प्रडक्ट कम प्रयोग गर्नुपर्छ । किनकि, यसमा प्रयोग भएका केमिकलले बिस्तारै अनुहारमा खराब असर पुर्‍याउने गर्छन् । त्यसैले बढीभन्दा बढी घरेलु उपचारको प्रयोग गर्दा राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us