काठमाडौं। उदयपुरको बेलका नगरपालिकामा ३ मा आज बिहान ४ः३० बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी १५ वर्षीया किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त शव कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको रहेको प्रहरीले जानकारी दिएको छ।
स्थानीय बासिन्दाले बिहान ७ बजे किशोरीको शव यसोदा खोला छेउमा फेला परेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । घरभन्दा झन्डै दुई किलोमिटर टाढा खोल्साको किनारमा शव भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिनुभयो ।