कबिता हत्या प्रकरणमा सहपाठीसहित २ जना पक्राउ

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–१ मा भएको विद्यार्थी कविता सुनुवारको हत्यामा उनकै सहपाठी साथिको संलग्नता देखिएको प्रहरीले दावी गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एक अधिकारीले बताए । वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।

प्रहरीका अनुसार मृतक र अर्की नाबालिकाबीच अलि अगाडिदेखि मनमुटाव रहेछ, त्यही विवादमा काकाका छोरा विनोदसँग मिलेर हत्या गरिएको पाइएको छ। प्रवेशिका परीक्षाका लागि ट्यूसन पढ्नलाई मंगलबार बिहान तिनैजना सँगै निस्किएका थिए । विनोद त्यो स्कुलमा पढ्ने होइनन्, तर बहिनीलाई पुर्‍याउन भन्दै गएका थिए। जादै गर्दा बाटोमा विवाद बढेपछि सुरुमा वियरको बोतल र पछि ढुंगाले हानेर हत्या गरेको पाइएको छ ।

प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुंगा पनि बरामद गरेको छ । शवलाई पोष्टमार्टमका लागि लैजाने प्रहरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us