काठमाडाैं । नेपालले टाइफाइडबाट बालबालिकालाई बचाउन चैत्त २५ गतेबाट राष्ट्रव्यापी रुपमा टाइफाईड खोप अभियान सुरु गर्दैछ । टाइफाईड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र बन्दैछ ।
नेपालले चैत्त २५ गतेबाट राष्ट्रव्यापी रुपमा टाइफाईड खोप अभियान सुरु गर्दैछ । नेपाल सरकारले १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई यो खोप प्रदान गर्ने भएको हो । यो खोप ७५ लाख बालबालिकासम्म पुर्याउने नेपाल सरकारको लक्ष्य रहेको छ । टाइफाईड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र बन्ने भएको छ । यो २४ दिने राष्ट्रव्यापी अभियानको क्रममा टाइफाइट खोप स्थानिय तहको प्रत्येक वार्डमा तोकिएको विद्यालयहरुको खोप केन्द्रमा उपलब्ध हुने भएको छ ।
यो रोगको संक्रमण सबै उमेर समुहमा हुन्छ तर १५ वर्ष मुनीका बालबालिकालाई बढी प्रभाव पुर्याउने गर्दछ । टाइफाईड साल्मोनेला टाइफी बाट हुने गम्भीर रोग हो जुन ढल वा संक्रमितको दिसामा पाइने टाइफाईड रोगको जिवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । विगत ५ वर्षको तथ्याङक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार भन्दा बढिमा टाइफाईड रोग सक्रंमण पुष्टि भएको पार्ईएको छ ।
त्यस्तै पछिल्लो ग्लोबल बर्डन अफ डिजिज एनलाइसिस २०१९ अनुसार नेपालमा ८२ हजार ४४९ टाइफाइडका बिरामिहरु रहेको अनुमान गरेको छ । टि सि भि अर्थात टाइफाईड कन्ज्युगेट भ्याक्सिन खोप गाभिद्धारा निशुल्क उपलब्ध गराएको हो । वार्षिक रुपमा यो खोप नियमित प्रयोग गरिएको खण्डमा नेपाल सरकारलेध प्रत्येक खोप बापत २० सेन्ट तिर्नुपर्ने प्रावधान रहेको बाल स्वास्थ तथा खोप शाखा, परिवार कल्याण महाशाखा प्रमुख सागर दाहालले बताउनुभयो ।