निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचन लक्षित ६० बुँदे निर्देशन जारी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई लक्षित गरि दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगले दलहरूसँग मंगलबार गरेको छलफलका क्रममा निर्वाचन आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता माग्दै ६० बुँदे निर्देशन दिएको हो ।

निर्देशनमा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचन सम्बन्धी प्रचलित संघीय कानून बमोजिम निर्वाचनको प्रचार प्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध नपुर्याउन भनिएको छ । निर्वाचनको अवधि भित्र कुनै मतदातालाई प्रभावित पर्ने खालका काम नगर्न पनि भनिएको छ । स्थानीय प्रशासनको अनुमति विना चुनावी कार्यक्रम गर्न आयोगले रोक लगाएको छ ।

निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न आयोगमा दर्ता भएका दलहरूलाई निर्देशन दिइएको आयोगको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us