घट्यो सुनको मूल्य, कति छ आजको बजारभाउ?

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज ३ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार तोकिएको छ।

यसअघि मंगलबार सुनको मूल्य १ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ८०० कायम गरिएको थियो। तेजावी सुनको मूल्य तोलाको ९८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबारको तुलनामा चाँदी ५ रुपैयाँले घटेर तोलाको १३३५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३४० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us