मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १२ः३० बजे आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।

मन्त्रिपरिषद बैठकमा चाडबाडको मुखमा सरकारले ठूलो मूल्यवृद्धि गरेको भन्दै आलोचना भइरहेको विषयमा छलफल हुनसक्ने बताइएको छ । बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ । आज बिहान बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेशमा सहमति जुटेको थियो ।

आयल निगमले गएरातिदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणालीको आधारमा खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २३५ रुपैयाँले, डिजेल–मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाएको छ ।

प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेस नोटमा लेखिएको छ, ‘नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनुपर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ । यो विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाई छलफल गरी १२ः३० मा आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us