काठमाडौं। आइतबार बसेकोे मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिने निर्णय गरेको छ ।
सरकारले आजै नेपाल आयल निगमको सञ्चालक समितिको बैठक बसेर पुरानै मूल्य कायम गर्नेबारे निर्णय हुने जनाएको छ । यसअघि निगमले शनिबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले शनिबार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो ।