एजेन्सी । प्रवासी नेपाली एकता मञ्च कुवेतको तेस्रो अधिवेशन अध्यक्षमा पुनः युवराज गैरेको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ।
“राष्ट्रिय एकता आजको आवस्यकता, अनेकतामा एकता प्रवाशी नेपालीहरुको प्रतिवद्धता” भन्ने मूल नाराका साथ नेकपा ९एकीकृत समाजवादी० को वैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको तेस्रो अधिवेशन जिलिबको रिदामहलमा केन्द्रबाट आउनु भएका केन्द्रीय परिषद सदस्य मधुकर रिजालको प्रमुख आतिथ्यता र प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय समिती सदस्य मोहमद मुक्तदा तथा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामाको विशेष आतिथ्यता एवं कुवेतमा नेपाली मीडियाकर्मी लगायत कृयाशिल संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको छ।
समाजका उपाध्कायक्ष मनबिर लामाको स्र्यवागत मन्तब्य रहेको कार्यक्रमलाई समाजका उपाध्यक्ष मनविर लामा र टीका पौडेलले संयुक्त रुपमा सञ्चालन गरेका थिए। अपरान्हको १स्३० बजेदेखि शुरु गरिएको कार्यक्रममा अतिथीहरुकोआशसन ग्रहण पछि अतिथीहरुबाट दिप प्रज्वलन गरी राष्ट्रिय गित पश्चात ज्ञात–अज्ञात सहिदहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो।
कार्यक्रममा प्रमुख अथिति मधुकर रिजाल, विशेष अथिति मोहमद मुक्तदा,एनआरएनए कुवेतका अध्यक्ष रनाध्वज,सहित विभिन्न बैचारिक संगठनका प्रतिनिधि, संघसस्थाका प्रतिनिधी पत्रकार लगायतले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले प्रवाशसँग सम्बन्धित राजनैतिक गतिविधी र नेकपा ९एकीकृत समाजवादी० पार्टीको राजनैतिक लक्ष र उदेश्यको बारेमा प्रष्ट पारेका थिए।
कार्यक्रममा कुवेतस्थित नेपाली राजदुतावासबाट कुनै प्रतिनिधिको उपस्थिति नरहेको हुँदा कार्यक्रममा प्रमुख अतिथि लगायतले आफुहरुको कार्यक्रममा राजदुतावासको प्रतिनिधित्व नरहनु दुःखद रहेको कुरा बताएका थिए ।
कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च कुवैतका नवगठित कमिटिका पदाधिकारी, सदस्य तथ सल्लाहकार लगायतलाई प्रमुख अतिथी मधुकर रिजाल र विशेष अथिति मोहमद मुक्तदाद्वारा संयुक्त रुपमा प्रमात्र पत्र प्रदान गरिएकोथियो भने अन्तमा प्रमुख अतिथी मधुकर रिजालले सपथ ग्रहण गराएको थिए।