काठमाडौं । जोरपाटी दिपमाला यातायात प्रालिद्वारा आयोजित चालक , सहचालक प्रशिक्षण तथा ट्राफिक सचेतना कक्षा एकीकृत ट्रेड युनियन महासंघ , नेपाल आईसीटीयू राष्ट्रिय कमिटी सचिव एवं एकीकृत यातायात मजदुर संगठन , नेपालका केन्द्रीय अध्यक्ष रबि केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
कार्यक्रममा ट्राफिक प्रहरी , मजदुर संगठनका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिले प्रशिक्षण दिनुभएको थियो । प्रालिका अध्यक्ष हरि भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा एकीकृत ट्रेड युनियन महासंघ , नेपाल राष्ट्रिय कमिटी सचिव रबि केसीले सार्वजनिक यातायातलाई प्रभावकारी संचालन , परिचालन व्यवस्थापन , यात्रुहरूको गुणस्तरीय सेवा , श्रम कानुनको पालना तथा सडक दुर्घटना न्यूनीकरण को बिषयमा बिशेष प्रशिक्षण दिनुभएको थियो ।