गौशालामा एक व्यक्तिमाथि छुरा प्रहार

काठमाडौं । काठमाडौंको गौशालामा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ।

उक्त घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको छ । घटनास्थलमा गोली चलेको पुष्टि नभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घाइतेको खुट्टामा चोट लागेको र उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us