काठमाडौं । सुनको मूल्य मंगलबार तोलामा १३ सय रुपैयाँले घटेको छ । लगातार आठौं दिन घट्दा छापावाल सुनको मूल्य एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ ।
सोमबार एक लाख ७ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । यस्तै,आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ७ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँले कायम भएको छ । हिजो एक लाख ७ हजार ४ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।