भक्तपुरमा नगद सहित १३ जुवाडे पक्राउ

काठमाडौं। भक्तपुरको चागुँनारायण नगरपालिका–६, नगरकोट, गैरीगाँउबाट आठ लाख २२ हजार ६० रुपैयाँसहित १३ ‘जुवाडे’ पक्राउ परेका छन् ।

मनबहादुर तामाङले आफ्नै तीनतले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटेलमा जुवा (कौडा) खेलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेका जनाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट सो रकमसहित १६ थान कौडा समेत बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us