तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य एक लाख सात हजार ६००, तेजावी सुनको मूल्य एक लाख सात हजार १०० र चाँदीको मूल्य एक हजार ३३० रुपैयाँ तोकिएको छ । यस अघि शुक्रबार एक लाख सात हजार ३०० मा छापावाल सुन, एक लाख ६ हजार ८०० मा तेजावी सुन र एक हजार ३१० रुपैयाँ तोलामा चाँदीको खरिदबिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *