काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन मन्त्रिपरिषद् र सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
मन्त्रिपरिषद्को बैठक आज दिउँसो चार बजे बस्नेगरी बोलाइएको छ भने त्यस लगत्तै साँझ पाँच बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार इजरायलमा जारी द्वन्द्वका विषयमा छलफल गर्न दुर्व बैठक बोलाउनुभएको हो ।
बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ ।