काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।