समानता मूलक समाज निमार्णका मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास न्यूनीकरण गर्न आवश्यक: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छना न्यूनीकरण गर्न आवश्यक भएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले समावेश समानता मूलक समाज निमार्णका लागि मानसिक विराम भएका मानिसमाथि लान्छना र भेदभावलाई मर्यादित र सम्बोधन गर्नुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो,‘समाजमा व्याप्त गरिबी, जातीय लैङ्गिक भेदभाव अपेक्षा अनुरूपको जीवन शैली बाँच्न नसक्नु सांस्कृतिक रुपमा अराजकता बढ्दै जानु जस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधान प्रद्धत मौलिक अधिकारविरुद्ध छ । त्यसैले मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास लान्छनाहरुलाई न्यूनीकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउन जरुरी छ ।ु

मानसिक स्वास्थ्य समस्याले दैनिक १९ जनाले ज्यान गुमाउनु परेको दुःखद् अवस्था भएको उहाँको भनाइ छ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि मूलक कार्यक्रम गरी मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us