१९.०६ अंकले ओरालो लाग्यो नेप्से

काठमाडौं। मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत आइतबार करिब साढे ३६ अंक, सोमबार साढे १२ अंकले घटेको नेप्से मंगलबार करिब १९.०६ अंकले घटेको हो । यो सँगै नेप्से परिसूचक १ हजार ८ सय ८९.५९ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.९९ प्रतिशतले कमी हो ।

मंगलबार ४४ हजार कारोबारबाट ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब २८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत सोमबार सेयर बजारमा १ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ३१ वटा कम्पनीको बढ्यो भने ९ वटाको सेयर मूल्य स्थिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us