भेप सुन तस्करी प्रकरणमा संलग्न चारजनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख समेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा रेशम महराका छोरालगायत चारजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । महराका छोरा रेशमलाई साढे सात वर्षको कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहुल महरा भन्ने रेशम महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ ।

प्रहरीले राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको माग दाबी लिएको छ । मुद्दा दायर भएकाहरुमा बेल्जियन नागरिक दाओजिन वाङलाई आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएपनि अन्य तीन जनाको हकमा भने भन्सार ऐन, २०६४ र संगठित अपराधको कसुरमा मात्रै मुद्दा चलाएको हो ।

भन्सार ऐन, २०६४ को दफा ५७ मा बिगोका रकम हेरी १ करोडदेखि ३ करोडसम्मको बिगो भएमा एक वर्षदेखि ३ वर्षसम्म कैद र ३ करोडभन्दा बढी बिगो भएमा ३ देखि ५ वर्षसम्मको कैद सजाय हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us