सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेसी आज

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको दुई पटक स्थगित हुँदै आएको मुद्दाको पेसी आज हुँदै छ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us