एमाले सुदुरपश्चिमको अध्यक्षमा कृष्ण प्रसाद जैसीसहित सबै पदाधिकारी सर्वसम्मत चयन

कैलाली । नेकपा (एमाले) सुदुरपश्चिमको नयाँ नेतृत्वको लागि अध्यक्षमा कृष्ण प्रसाद जैसीसहित सबै पदाधिकारीको सर्वसम्मत चयन भएको छ । एमाले सुदूरपश्चिममा भइरहेको अधिवेशनमा सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक पनि सर्वसम्मत हुनुभएको हो ।

सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत हुनु भएको हो भने उपसचिवमामा अशोक चन्दले फिर्ता लिएपछि बिक सर्वसम्मत हुनु भएको हो । यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसक्नु भएको छ । पाँचदिन लामो प्रयासपछि सुदुरपश्चिमा सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरु सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us