भारतको बिहारमा रेल दुर्घटना

काठमाडौं। भारतको बिहारमा बुधबार राति रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा सयभन्दा बढि घाइते भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो ।

बिहार प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको अस्पतालमा उपचार जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us